Logo जेठ ३, २०७८ सोमबार


नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस : विभाजन र एकताको शिलशिला यथावत

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको आज ७३ वर्ष पुगेको छ । नेपालमा वि. सं. २००६ साल वैशाख ९ गते अर्थात आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालको पहिलो कम्युनिष्ट पार्टीको रुपमा भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो ।

यस्तै निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ पनि संस्थापक नेता रहनुभएको थियो । पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिनुभएको थियो ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी र तेस्रो महासचिव तुलसीलाल अमात्य बन्नुभएको थियो । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो । तर तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पन्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भएको थियो ।

५ जना संस्थापक नेताबाट सुरू भएको कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलब्धी र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा एमाले लगायत अन्य विभिन्न दलहरूका रूपमा अस्तित्वमा रहेका छन् । यसपटक भने कोरोना संक्रमणका कारण कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…