Logo जेठ ३, २०७८ सोमबार


मुस्ताङमा बेमौसमी हिमपातभएपछि पर्यटकलाई सास्ती,कृषकलाई राहत

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी हिमपात भएको छ ।

मौसममा उतारचढाव आएपछि पुस–माघमा पर्ने हिउँ यसपटक बैशाखमा परेको हो । मुस्ताङको थासाङ गाउँपालिका लेते आसपासदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म बाक्लो हिमपात भएको छ । केही दिनयता मौसममा बदली भएपछि नियमित वर्षा भैरहेको थियो । तर गएराति वर्षा भएपश्चात मुस्ताङ जिल्लाभर बेमौसमी हिमपात भएको हो ।

हिमपात भएपछि अहिले यहाँको जनजीवन अत्यन्तै कष्टकर भएको छ । मुस्ताङ भित्रएका आन्तरिक पर्यटकहरुलाई समेत सास्ती भएको छ । तर पर्यटकहरूलाई मर्का पर्न नदिन आवश्यक व्यवस्थापन भैसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले बताउनुभयो ।

मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात भएपछि आन्तरिक पर्यटकलाई कागबेनीमै उचित व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । लेतेदेखि तल भारी वर्षा भएकोले आधा दर्जनभन्दा बढी स्काभेटर र जेसिभिलाइ व्यवस्थापनार्थ तयारी गरिएको समेत भण्डारीले बताउनुभयो ।

बेमौसमी हिउँ परेपछि मुस्ताङका कृषकलाई भने केहि राहत मिलेको छ । तर बेमौसमी हिमपातले स्याउबालीलाई चाहिं केही असर पु¥याउनेमा कृषक चिन्तित बनेका छन् ।

उता हुम्लाको उच्च हिमाली भेगमा पनि हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, जाँङ, तिल, चाला, हिल्सा लगाएतका क्षेत्रमा बुधवारदेखि नै हिमपात भएको हो ।

सदरमुकाम सिमकोटमा बिहीवार विहानदेखि हिमपात भएको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । बुधवार वर्षाले प्रभावित भएको उडान बिहीवार हिमपातले प्रभावित बनेको छ । दुई दिनदेखि उडान ठप्प भएको छ ।

हिमपातका कारण खेतबारीमा छरेको अन्नवालि राम्रो हुने भएकाले जिल्लाका कृषकहरू भने हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…