Logo बैशाख ३१, २०७८ शुक्रबार


बल्खुमा एमालेको नयाँ बन्ने पार्टी कार्यालय भवनको शिलान्यास

काठमाडौँ । नेकपा एमालेको नयाँ बन्ने पार्टी कार्यालय भवनको शिलान्यास गरिएको छ ।

बल्खुमा बन्ने पार्टी कार्यालय भवनको नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले बिहीबार ९ बजे शिलान्यास गर्नुभएको हो । मदननगर बल्खुस्थित पूरानो पार्टी कार्यालय परिसरमा निर्माण हुने भवन दुई वर्षभित्र सम्पन्न हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

बल्खुमा नेकपा एमालेको नाममा करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ । सोही जग्गामा अत्याधुनिक भवन निर्माण हुन लागेको हो ।

हाल मदन भण्डारीको सालिक रहेको स्थानमै सालिकलाई भवनको अगाडि पार्नेगरी कार्यालय बन्नेछ ।

एमाले केन्द्रीय कार्यालयको उक्त अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको छ । नयाँ बन्ने कार्यालयमा सभाहल, बैठक कक्षसहित, हरित पार्क र पर्याप्त पार्किङ सुविधासहितको हुने गरी डिजाइन गरिएको छ ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सन्चालन हुँदै आएको थियो । तर आजैदेखि थापाथलीमा सर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…