Logo बैशाख २९, २०७८ बुधबार


‘पृथ्वीलाई पुन:स्थापित गरौं’ नाराका साथ ‘पृथ्वी दिवस’ मनाइँदै

काठमाडाैं । आज विश्व पृथ्वी दिवस, विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघको ६३औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो ।

पृथ्वीमाथि मानिसहरुले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडवाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ ।

पृथ्वी दिवस मनाउने प्रयास संयुक्त राज्य अमेरिकाले सन १९७० को अप्रिल २२ मा गरेको थियो । पृथ्वी दिवस अहिले १९० भन्दा बढी देशले मनाउने गरेका छन् । यो दिवस मनाउनेमा विश्वमा औद्योगिक प्रदुशण फैलाउने अमेरिका, चीन, बेलायत, प्रान्स, जापान जस्ता देशदेखि जंगल बचाएर कार्वन बेच्ने, नेपाल, भूटान जस्ता देशहरु छन् ।

सन १९९२ मा ब्राजिलको रियो दि जेनेरियो शहरमा भएको पृथ्वी सम्मेलनले पृथ्वी दिवस मनाउने आवश्यकता औल्याएको थियो । फलस्वरुप २००९ मा राष्ट्र संघको ६३ औं महासभाले दिवस मनाउने निर्णय गर्यो ।

पृथ्वी दिवस २०२१ लाई विश्वले ‘पृथ्वीलाई पुन:स्थापित गरौं’ भनेर मनाइरहेको छ । अहिले जमिन मरुभूमिकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लीरहेको, आगलागि, वन विनास जस्ता घटनाले पृथ्वी संकटमा छ ।

नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदुशणको चपेटामा पर्दै गएको छ । यो वर्ष उच्च पहाड र हिमालहरुमा पर्याप्त हिउँ परेन भने झण्डै एक हप्ता देशैभरि प्रदुषण फैलिएर जनजीवनमा असर पुर्यायो ।

हिमालमा हिउँ परेन भने इन्डोनेशियाको जाकर्ता र माल्दिभ्स क्रमशः डुब्दै छ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवात जंगल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपाय लिने थालनि गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…