Logo बैशाख ३१, २०७८ शुक्रबार


‘पाँचथर वाङमय सङ्गाेष्ठी’ सम्पन्न

पाँचथर। फिदिममा दुई दिने पाँचथर वाङ्मय सङ्गोष्ठी–२०७८ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नौलो साहित्यिक बिहान समाज, नेपालको संयुक्त आयोजनामा गाेष्ठी सम्पन्न भएकाे हाे ।

गाेष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले अहिले नेपाल प्रज्ञा प्रतिष्ठान देशको सिङ्गो परिचयात्मक ग्रन्थ ‘नेपालदर्पण’को लेखन, महाकवि देवकोटा सङ्ग्रहालय निर्माण जस्ता गौरवशाली कार्य सम्पन्न गर्न लागिरहेको छ । साथै नेपालमा उत्पत्ति भएका र आजसम्म पनि भारतीय दर्शन भनेर विश्वले पढाइरहेका पचासभन्दा बढी दर्शनहरूलाई समेटेर प्रज्ञा–प्रतिष्ठानले ‘नेपालीदर्शन’नामक ग्रन्थ तयार गरी प्रकाशन गर्न लागेको हुनाले पाँचथर जस्तो किरात बाहुल्य सामाजिक संरचना भएको जिल्लामा यस प्रकारको गोष्ठीको आयोजनाले विशेष महत्त्वराख्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, अहिले हामी‘नेपालीदर्शन’को खोजीमा छौँ, ‘नेपाली कविताको प्रादेशिक इतिहास’ लेखाउँदै छौं र ‘लोकवार्ता कोश’ निर्माण गर्दै छौं । यी कार्यहरू सम्पन्न गर्नका लागि हामीलाई हरेक विषयका लागि आधिकारिक र प्रामाणिक आधार चाहिएको छ ।

त्यसैले, मुन्धुम दर्शन बाँकी रात जीवन दर्शनको खोजीका लागि एक नम्बर प्रदेशका पूर्वी जिल्लाहरू नै हाम्रा लागिआधिकारिक र प्रामाणिक आधार हुने, कविता र लोकवार्ताका लागि पनि यहाँबाट महत्त्वपूर्ण सामग्रीहरू प्राप्त हुने विश्वास हामीले लिएका छौं।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यतथा साहित्य (पद्य/काव्य) विभागप्रमुख प्राडा हेमनाथ पौडेलले हाम्रा अपार बौद्धिक सम्पत्तिहरू नेपालका गाउँगाउँमा रहेका हुनाले तिनलाई खोजी गरी प्रकाशन माल्याउनु पर्ने जिम्मेवारी बोध गरी प्रज्ञा–प्रतिष्ठान स्थानीय तह तथा वाङ्मयसेवी संघ संस्थाहरूसँग सहकार्य गर्दै हाम्रा साहित्यिक तथा सांस्कृतिक गौरवहरूको खोजीमा लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…