Logo बैशाख ३१, २०७८ शुक्रबार


एमालेको नुवाकोट पार्टी कार्यालयमा ओली र नेपाल समूहबीच तनाव

नुवाकोट । नेकपा एमालेको नुवाकोट जिल्ला कमिटी कार्यालयमा तनाव सिर्जना भएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राखेको बैठकलाई अध्यक्ष केपी शर्मा ओली समूहले रोक्न खोजेपछि तनाव सिर्जना भएको हो ।

एमालेको आन्तरिक विवादका कारण ओली समूहले पार्टी कार्यालयमा बैठक बस्न नदिने भन्दै ताला लगाएको थियो। तर नेपाल समूहमा आबद्ध एमाले नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले ताला फोडेपछि पार्टी कार्यालयमै बैठक राखिएको थियो।

झडपको सम्भावना बढेकाले पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको जनाइएको छ। प्रहरीले त्यहाँ बैठक नबस्न दबाबसमेत दिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…