Logo बैशाख २९, २०७८ बुधबार


‘ओली र नेपाल दुवै पार्टी एकताको पक्षमा छन्, ठूलो घाउ एकदुई वार्तामा निको हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता प्रगतिउन्मुख भएको बताउनुभएको छ । दुई नेताबीचको वार्तामा सँगै रहनुभएका दुगडले दुई दिनको वार्ता टुंगोमा नपुगेपनि सकारात्मक भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो ठूलो घाउ हो एक दुई वटा वार्तामा निको हुँदैन । दुई नेताबीचको वार्ता टुंगोमा नपुगे पनि सकारात्मक छ । डेड घण्टाको वार्ता हुनु भनेको सकारात्मक हो ।’

वार्ताको मुख्य सहजकर्ताको रुपमा रहनुभएका दुगडले दुई दिनको वार्तामा दुवै नेताले पार्टी फुट्न नहुने साझा भावना व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै नेताको साझा भावना पार्टी फुट्नु हुँदैन भन्ने छ । वरिष्ठ नेता नेपालले आफू पार्टी फुटाउने पक्षमा नरहेको बताउनुभयो ।’

नेता दुगडले अर्को वार्ताको मिति तय नभएपनि वार्ताले निरन्तरता पाउने बताउनुभयो, ‘नेता नेपाल आजै जनकपुर जानुहुने भएकोले उहाँ फर्किएपछि भोलि वा पर्सि नै अर्को वार्ता पुन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…