Logo बैशाख २९, २०७८ बुधबार


‘नेपाल समूहकाे स्पष्टिकरण विश्लेषण गरेर थप कारबाही अघि बढ्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल समूहका सांसदहरुले बुझाएको स्पष्टिकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताउनुभएको छ । बिहीवार पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले सांसदहरुले स्पष्टिकरण बुझाउन थालेको र प्राप्त स्पष्टिकरणको विश्लेषण गरेर थप कारबाही अगाडि बढाउने बताउनुभएको हो ।

केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टिकरण पत्र पठाएको बताउनुभयो । पार्टीमा समानान्तर गतिविधि गर्ने, सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वलाई खुइल्याउने प्रयास गर्ने र कर्णाली प्रदेशको ह्वीप उलङ्घन गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण सांसदहरुलाई स्पष्टिकरण सोधिएको भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ । सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरु भएका छन् । कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ । हाम्रो पार्टीलाई समाप्त गर्न चाहाने केही व्यक्तिहरुसँग पटक पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरु हुने, अध्यारा कोठाहरुमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिड्ने । हामी ह्वीप उलङ्घन गरेर पनि तपाईलाई जिताउँछौँ जसरी पनि केपी ओलीलाई सरकारबाट हटाउनुपर्यो भन्ने प्रकारका कुराहरु जसरी गर्दै हुनुहुन्छ त्यो एककिसिमको लज्जाबोध गर्नुपर्ने कुरा हो । हामीले त्यसलाई स्पष्ट पार्न उहाँहरुलाई भनेका छौँ । स्पष्टिकरण बुझाउने क्रम जारी नै छ । त्यसको विश्लेषण गरेर हामी थप कारबाही अगाडि बढाउँछौँ ।’

प्रमुख सचेतक भट्टराईले कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उलङ्घन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले निस्कासन गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशका पाँच जना विधेयकहरुले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टिकरण सोधेको छ । उहाँहरु माथि पार्टीले कारबाही गर्छ । पार्टीले निष्काशन गर्छ । यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैँनौ ।’

पार्टीले स्पष्टिकरण सोधेसँगै माधव नेपाल समूहका सांसदहरुले स्पष्टिकरण दिने निर्णय गरेका थिए । हाल सांसदहरुले स्पष्टिकरण बुझाउन थालेका छन् । यता, पार्टीको विवाद समाधानको सम्बन्धमा बुधबार र बिहीवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालले दुईपटक सम्म भेटवार्ता गरी ससक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…