Logo बैशाख ३१, २०७८ शुक्रबार


जेठ ६ मा उपनिर्वाचन

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते उप–निर्वाचन हुने भएको छ ।

गत बैशाख ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार निर्वाचन आयोगले रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । नेकपा माओवादी केन्द्रले गृहमन्त्री एंव राष्ट्रिय सभा सदस्य रामबहादुर थापा नेकपा एमाले प्रवेश गरेपछि उहाँलाई पार्टीबाट निष्कासन गरेको थियो । उहाँको रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।

आजदेखि नै उपनिर्वाचनको तयारी थालेको आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गने कार्यमा सहयोग गर्न आयोग सबै सरोकारवालाहरूसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…