Logo बैशाख ३१, २०७८ शुक्रबार


गौतमको अनुराेध ‘अवैधानिक बैठकका निर्णय फिर्ता लिनोस्’

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गर्नुभएको छ । बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक ‘डिनर मिटिङ’ मा उपाध्यक्ष गौतमले अवैधानिक निर्णय फिर्ता नगरेसम्म सँगसँगै अघि बढ्न नसक्ने जवाफ दिनुभएको हो ।

‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा ‘डिनर मिटिङ’ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाइँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ’ उपाध्यक्ष गौतमले भन्नुभयो ।ओलीले गरिसकेका निर्णय फिर्ता नहुने बताएपछि आफूले पनि त्यसो भए तपाइँसँग सँगै जान सकिन्न भनेर प्रष्ट पारेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीसँगको भेटपछि गौतमले भन्नुभएको छ ‘उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…