Logo बैशाख ३१, २०७८ शुक्रबार


मेघा अस्पतालमा निशुल्क ‘कोरियन थर्मल थेरापी’

काठमाडौं । मेघा अस्पतालले बुधबारबाट नेपालमा पहिलो पटक शत प्रतिशत निशुल्क रुपमा कोरियन थर्मल थेरापी सुरु गरेको छ । कोरियन संस्था विगेन नेपालको सहयोगमा अस्पतालले कोरियन थर्मल थेरापी सेवा सुरु गरेको हो ।

अस्पतालमा यो थेरापी पद्वतिको शुरुवातसँगै विभिन्न किसिमका रोगहरुको निशुल्क उपचार गर्न सकिने भएको छ । अस्पतालले सुगर, प्रेसर तथा जनरल चेकअप पनि निशूल्क रुपमा गर्दै आइरहेको जनाएको छ ।

‘सेवा नै धर्म हो’ भन्ने मुल मन्त्र लिएर अगाडि बढेको मेघा अस्पतालले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । अस्पतालले यसअघि नेपालमा कारोनाको पहिलो चरण शुरु भएदेखि गरिब तथा असहाय नागरिकका लागि निशुल्क उपचार तथा खाने बस्ने व्यवस्था समेत गर्दै आइरहेको छ । अस्पतालले हाल दुई स्थानमा अस्पतालको भवन स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।

मेघा अस्पताल भवन १ जुन ललितपुरको धोबीघाटबाट सत्तचालित छ भने अर्को मेघा २ भवन सानेपा बल्खु चोकबाट सञ्चालित छ । हाल मेघा १ लाई कोभिड अस्पतालको रुपमा परिणत गरिएको मेघा २ बाट जनरल सेवा प्रदान भइरहेको अस्पतालका अध्यक्ष किशोर जंग राणाले जानकारी दिनुभयो ।

के हो कोरियन थर्मल थेरापी ?

कोरियन थर्मल थेरापी प्राकृतिक तरिकाबाट गरिने उपचार पद्वति हो । यो पद्वतिबाट उपचार गर्दा कुनै ‘साइड इफेक्ट’ देखिँदैन । कोरियन थर्मल थेरापी पद्वतिबाट मृगौला सम्बन्धी समस्या, हातगोडा तथा कम्मर दुखाईको समस्या, उच्च तथा निम्न रक्तचाप तथा मुटु सम्बन्धी समस्याको उपचार हुन्छ ।

त्यस्तै, पायल्स, ग्याष्ट्रिक, कब्जीयत, टन्सिल थायराइड, मोटोपन, मधुमेह, प्यारालाइसिस् निन्द्रा नलाग्ने रोगहरुको उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।

यो पद्वतिबाट हाडजोर्नी तथा नशासम्बन्धी समस्या, निमोनिया, एलर्जी, माइग्रेन, पाठेघर र महिलामा हुने महिनावारी सम्बन्धी समस्याको पनि उपचार हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…