Logo बैशाख ३१, २०७८ शुक्रबार


बालुवाटारमा ओली समूहको बैठक, सांगठनिक र राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखी बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

आन्तरिक विवादले पार्टी विभाजनसम्मको जोखिम बढिरहेको समयमा बैठक बस्न लागेको हो । आज बस्ने बैठक बैशाख ६ गतेकै निरन्तरता हो । अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्नुभएको थियो ।

६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उनीहरुको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।

यसैबीचमा आन्तरिक विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र विहीबार गरी दुईपल्ट वार्ता भएको थियो । वार्ताबाट सकारात्मक परिणाम नआएको माधव पक्षको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…