Logo बैशाख २८, २०७८ मंगलबार


तपाईको यो साता (वैशाख १२ गतेदेखि १८ सम्मको साप्ताहिक राशिफल)

मेष–साझेदारीकाममा प्रतिफल मिल्नेछ । यात्राको तय हुने एवं वैदेशिक काममा प्रगति हुनेछ । नयाँ पारिवारिक जमघट रहनेछ । प्रेममा प्रगति एवम ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यवसायिक यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्नेछन् । अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं आँटेको कुरामा फाइदा मिल्नेछ।

वृष–अनावस्यक हिंड्डुलले स्वास्थ्यमा समस्या आउनेछ । विरोधीहरुले काममा वाधा दिन सक्नेछन् मातृपक्षसँग मनमुटाव एवं स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवं परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ति एवं कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने सुरु गरेको काम रोकिनेछ । स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ । काम र जिम्मेवारीमा अनावस्यक आलोचना हुनेछ।

मिथुन–शेैक्षिक काममा व्यस्तता बढ्नेछ। कला, संगितमा रुचि जानेछ। कृषिबाट राम्रो आम्दामी हुनेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ। खेलकुदमा सफलता मिल्ने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ। विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ। साताको अन्त्यमा भ्रमण हुनेछ घुमघाममा धनको बढी व्यय हुनेछ। नया साथीभाइ भेटघाट रहने तथा व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ ।

कर्कट –धनको विवादले पारिवारिक समस्या आउनेछ। नयाँ प्रेममा तनाव हुनेछ। घरायसी आपसी सरसल्लाह नमिल्नाले सरकारी काम रोकिनेछ। जग्गाजमिनको विवाद एवम मानसिक तनाव बढ्नेछ। साताको मध्यमा भने आयश्रोत बढ्नेछ । राजनीतिमा नया काम मिल्नेछ। विद्यामा रुचि जाने एवं सन्तानको माया मिल्नेछ। साताको अन्त्यमा भने काममा समस्या आउने, अरुले बिगार्न खोज्ने तथा स्वास्थ्यले समस्या दिनेछ।

सिंह–नयाँ ठाउँमा यात्रा हुनेछ । जोर र जाँगरले काममा व्यस्तता बढ्नेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् । भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने सन्तानको सहयोग मिल्ने, विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा वृद्धि हुनेछ।

कन्या –नयाँ सम्बन्धमा पारिवारिक भेटघाट रहनेछ । धन सम्पत्तिको कारोबार बढ्ने एवम छोटो यात्राको तय हुनेछ । नयाँ लगानीमा मानसिक आत्मबल बढ्नाले काम छिटो पुरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारिवारिक समस्या एवं मानसिक अशान्ति बढ्नेछ । सरसल्लाह नमिल्नाले योजनामा अवरोध आउनेछ । स्वास्थ्यमा गडबड हुनाले यात्राको काम रोकिनेछ।

तुला –सरसापटमा धनको खर्च हुनेछ। आम्दामी भन्दा खर्च बढी हुनेछ। नया साथिहरु संग यात्रा एवं मनोरञ्जनमा खर्च हुनेछ । नयाँ मित्र भेटघाट एवम साथीभाइसँग घुमफिर रहनेछ । भोजभतेरमा सहभागिता भइने एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेश सम्बन्धि कामबाट फाइदा एवं जिम्मेवारी थपिनेछ ।

वृश्चिक–स्वास्थ्यमा अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबार घट्ने एवं यात्रामा समस्या आउन सक्नेछ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुने, पारिवारिक सहयोगम मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ । सन्तोष मिल्नेछ । सवारी साधनको सुख मिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।

धनु– सन्तान एवं सहयोगीबाट धनको प्राप्ति हुनेछ । कृषि चौपायबाट आम्दानीको स्तर बढ्नेछ । वैदेशिक धनसम्पतिको सहयोग मिल्ने एवम आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवं काममा बाधा आउनेछ । साताको अन्त्यमा भने आफन्तको सहयोग मिल्नाले पुरानो काममा फाइदा हुनेछ ।

मकर –पैतृक धनको सुख मिल्नेछ । माटो जग्गाबाट फाइदा हुनेछ । व्यापारमा कम फाइदा मिलेपनि मित्रबाट सरकारी धनको फाइदा हुनेछ। राजनीतिमा जिम्मेवारी थपिने एवं मानसम्मानको योग रहेको छ । सरकारी काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवम भोगविलासमा खर्च हुनेछ । नयाँ मित्रसँग भेटघाट एवम आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुन सक्नेछ ।

कुम्भ– घरवाहिरको काममा फाइदा हुनेछ । नयाँ लगानीमा व्यस्तता बढ्नेछ। सेवामुखीकाममा धनको उपयोग हुनेछ । धार्मिक भावना आउनेछ । परोपकारमा मन जाने एवम सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवं ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा काराबारमा वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवम कृषि चौपायामा सफलता मिल्नेछ ।

मीन–जग्गाजमीन एवं पैतृक धनको विवाद बढ्नेछ । आफन्तमा साँधसिमानामा झमेला हुनेछ । नोकरीमा अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवम काममा अवरोध मिल्नेछ । पद प्रतिष्ठामा आलोचनाको भय रहनेछ । साताको मध्यमा भने लामो यात्राको तय हुने एवं धर्म कर्ममा खर्च हुनेछ । साताको अन्त्यमा भने सरकारी क्षेत्रमा फाइदा नोकरीबाट लाभ एवम काममा प्रतिष्ठा मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …