Logo ८ श्रावण २०७८, शुक्रबार


जब बैठकस्थलमै प्रधानमन्त्री मोदीले केजरीवाललाई झपारे…

काठमाडाैं ।  भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले शुक्रबार राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभयो । छलफलमा दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि आफ्नो कुरा राखे । आन्तरिक रुपमा भइरहेको छलफललाई दिल्लीको मुख्यमन्त्री कार्यालयले प्रत्यक्ष प्रसारण गर्यो । प्रधानमन्त्रीले यस कुरामा आपत्ति जनाउनुभयो । उहाँले केजरीवाललाई झपार्दै भन्नुभयो कि परम्पराको विरुद्धमा काम भइरहेको छ । केजरीले यस कुरामा गल्ती भए माफी माग्ने बताउनुभयो ।

यसरी कुरा माफीसम्म पुग्यो

केजरीवालाले छलफलकै क्रममा हात जोडेर दिल्लीको लागि पर्याप्त अक्सिजन माग गर्नुभयो । उहाँले ओडिशाबाट अक्सिजन ल्याइदिन भन्नुभयो ।

मोदीले भन्नुभयो, ‘यसमा काम भइरहेको छ ।’ केजरीवालले भन्नुभयो, ‘दिल्लीको लागि अझै व्यवस्था गरिदिनुपर्यो ।
मोदीले छलफलको बीचमै झपार्नुभयो, ‘ मुख्यमन्त्रीले यस्तो मिटिङलाई प्रत्यक्ष प्रसारण गर्नु यो परम्परा र प्रोटोकलविरुद्ध हुँदैछ । यो उचित छैन । सबैले संयमको पालना गर्नुपर्छ ।’

केजरीवालले भन्नुभयो, ‘ यदि मेरो तर्फबाट कुनै गल्ती भएमा त्यसको लागि म माफी चाहन्छु । आजको प्रेजेन्टेसन धेरै राम्रो थियो । हामीलाई जे निर्देशन आएको छ त्यसको पालना गर्छौँ ।

केन्द्रले भन्यो, ‘केजरीवालले स्तर गिराए’

सरकारको एक सुत्रले भन्यो, ‘केजरीवालले स्तर गिराए । पहिलो पटक प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग गरेको आन्तरिक कुराकानी टेलीवाइज गरियो । उहाँको पुरै भनाइ कुनै समस्या समाधानको लागि थिएन, केवल राजनीति र जिम्मेवारीबाट बच्नका लागि मात्र थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…