Logo बैशाख ३१, २०७८ शुक्रबार


फ्लोर क्रस गर्ने कर्णालीका चार सांसदलाई कारबाही गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कर्णाली प्रदेशसभामा पार्टीको संसदीय दलको ह्वीप उल्ंलघन गर्ने चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले ति चार सांसदलाई दलको साधारण सदस्य तथा सांसद पदबाट हटाउने निर्णय गरेको हो ।

पार्टीको ह्वीप उल्लंघन गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाही गरी साधारण सदस्य र सांसद पदबाट हटाउने निर्णय गरेको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यिनै चार जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…