Logo बैशाख २९, २०७८ बुधबार


साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड

काठमाडौं । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई विमन्स एरा एण्ड मिडिया ग्रुपले आज  सम्मान गरेको छ । कार्यक्रममा ग्रुपद्वारा महासङ्घका सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य शन्तराम बिंडारी, काठमाडौँ शाखाका उपाध्यक्ष अप्सरा गौतम तथा सदस्यत्रय कृष्णराज गौतम, रमेश बोहरा र शोभा अर्याललाई सम्मान गरिएको हो ।

अवसरमा सचिव अर्यालले पत्रकारिता क्षेत्रले सत्य, तथ्य सूचना तथा समाचारका माध्यमबाट समाजलाई ज्ञान प्रवाह र सामाजिक रुपान्तरणमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य बिंडारीले साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड दिनुभयो । काठमाडौँ शाखाका उपाध्यक्ष गौतम, सदस्यत्रय गौतम, बोहरा र अर्यालले श्रमजीवी पत्रकारका पक्षमा भएका नीतिगत योजना अगाडि बढाउन सकेमा यस क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

ग्रुपका अध्यक्ष प्रतिमा राईले जुनसुकै समयमा पनि समाजमा गतिशील हुनुपर्ने सञ्चारकर्मी जोखिममा रहेकामा चिन्ता व्यक्त गर्दै कतिपय सञ्चारगृहले समयमा नै पत्रकारलाई पारिश्रमिक नदिएर शोषण गरिरहेकाले त्यसतर्फ संवेदनशील बन्न महासङ्घलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…