Logo बैशाख ३१, २०७८ शुक्रबार


सगरमाथामा कोरोनाभाइरस संक्रमण फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको दाबी

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहीमा कोरोनाभाइरस संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्वका प्रमुख सञ्चार माध्यमहरुले सगरमाथा आरोहीमा कोरोनाभाइरस संक्रमण देखिएको भन्दै आरोहण बन्द गर्नुपर्ने लविङ गर्न थालेका हुन् । सगरमाथामा भाइरस संक्रमण पुष्टि भएको पहिलो खबर गत बुधबार आउटसाइड अनलाइनले प्रकाशित गरेको थियो ।

यस्तै वासिङ्टन पोस्ट र बीबीसीले शुक्रबार यसैबारेको समाचार प्रकाशित गरेको छ । वासिङटन पोष्टले कोरोनाभाइरस सगरमाथा आधार शिविरमा पुगेको जिकिर गरेको छ । उसले नेपालका लागि विदेशी मुद्रा आर्जनको माध्यम बनेका हिमालमा सुरक्षाको बहस सुरु भएकोसमेत उल्लेख गरेको छ ।

बीबीसीले आरोहणमार्फत पैसा कमाउने मौसममा नेपाललाई यो घटनाले ठूलो धक्का लागेको समाचार लेखेको छ ।

हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले पनि हेडलाइन सहित पर्यटक पुनः खुला गर्ने नेपालको निर्णयमा कोरोनाभाइरसको धक्का लागेको समाचार प्रकाशित गरेको छ ।

कसरी फैलियो यस्तो खबर ?

सगरमाथा आधार शिविरसम्म पुगेका नर्वेली आरोही अर्नेल्ड नेसलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी आफैंले यसबारेमा खुलासा गरेका हुन् । आरोहणका क्रममा विरामी परेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याईएको थियो । अहिले आफ्नो अवस्था ठीक भएको उनले बताएका छन् । उनको आरोहण दललाई अहिले बेस–क्याम्पमै निर्माण भएको क्वारेन्टिनमा राखिएको छ ।

यसैलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सगरमाथा आरोहीहरुमा कोरोना संक्रमण फैलिएको समाचार लेखेका हुन् । अझ बिबिसीले त नेससँगै आरोहणमा सहभागी अरुलाई पनि कोरोना संक्रमण भएको हुनसक्ने जनाएको छ ।

नर्वेली आरोही नेसले आफूलाई ठ्याक्कै कुन ठाउँबाट भाइरस लागेको भन्ने यकिन नभएको बताएका छन् । उनले काठमाडौं उपत्यकामा रहँदा नै भाइरस सरेको हुनसक्ने आशंका गरेका छन् । उनले अहिलेसम्म आफू तेस्रोपटक संक्रमित भएको पनि बताएका छन् । तर सगरमाथा आरोहणमा जानेले भाइरसको सुरक्षा मापदण्ड पालना नगरेको पनि उनले खुलासा गरेका छन् ।

यता नेपाल सरकारले भने सगरमाथामा भाइरस अहिलेसम्म पुष्टि नभएको जनाएको छ । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले अन्तर्राष्ट्रिय मिडियामा समाचार आएकोप्रति ध्यानाकर्षण भएको तर अहिलेसम्म भाइरस पुष्टि भने नभएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मिडियाले लेख्दैमा त्यो कुरा सत्य नहुने बताउनुभयो । उहाँले संक्रमण पुष्टि भएको भनिएका ती नर्वेली आरोहीलाई ‘खुम्बु कफ’ हाइ–अल्टिच्युड सिकनेस अर्थात लेक लागेको दाबी गर्नुभयो ।

भनिने हाइ–अल्टिच्युड (लेक लाग्ने) समस्या र भाइरसको लक्षण करिब उस्तै हुने विज्ञहरु बताउछन् । तर आवश्यक सावधानी भने अपनाउने पर्ने उनीहरुको सुझाव छ ।

बुधबारसम्म पर्यटन विभागले वसन्त क्रृतुमा ३७७ जना आरोहीलाई सगरमाथा आरोहणको अनुमति दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…