Logo जेठ ३, २०७८ सोमबार


कविता : सिक्नपर्छ पाठ हामीले

-शोभा खतिवडा

के हो यस्तो डरलाग्दो स्वरुप धरा नै डगमग पार्ने ?
एकछिन अघिको सुन्दर भूमिलाई एकैछिनमा कुरुप पार्ने ।
गाऊँ टोल शहर महल धनी गरिव कोही नचिन्ने
झुपडी र महल सारा ठाऊँ पुग्न कहिल्यै नडराउने ।।


कति निर्दोष कहालिने कस्तो स्वरुप लिएर आयौ ?
धराको स्वरुप नै गडगडाउने, यस्तो रुप धरेर आयौ
कसैका कोख रित्तो पार्ने चाह कस्तो बोकेर आयौ ?
कसैका घरैनलुटी लाने कस्तो झोली बोकेर आयौ ?


कति मस्त निन्द्राहरु कहिले नउठ्ने पारी गयौ
कतिलाई जहाँ थिए त्यहिँबाट कता कता पुरÞ्यायौ ?
कति काममा मस्त थिए त्यहिँ जमिनमा सुतायौ
कति खाना खाँदै थिए किन हो निल्न नदिई लग्यौ ?

चट्याङ्ग जस्तै झट्का ठूलो कस्तो रुप लिई आयौ ?
कुनै ब्रम्हास्त्रको भेदन जस्तै घर घर भेदन गरÞ्यौ !
तिम्रो स्वरुप लुकाएर राक्षसी रुप धारण गरÞ्यौ
नाम भइँचालो काम सम्हार गर्ने स्वरुप किन बनायौ?


पृथ्वीको नियम के हो ? के मान्दा आउँदैनौ र तिमी ?
कसरी बस्दा आउँदैन होला से भुइचालो धरामा नि !
कसैका सन्तान चुँडेर लाने कति प्रेमी जोडी छुटाउने !
कतिका जन्मदाता र आफन्तबाट सम्बन्ध छुटाउने !


नआइदेऊ यसरी तिमी यस्तो कठोर रुप गरेर
जहाँ त्यहिँ पसेर सारा बस्ति र मानव संहार गरेर !
केको बद्दला लिएको तिमीले यसरी सारा जगत रुवाई
या मानवताको पाठ पढाएको हौ कोही ठूलोसानो हैन भनि !

जे होस तिमीबाट थुप्रै शिक्षा लिनुपर्छ मानवले
कोही अमर छैन धरामा यो सिक्नुपर्छ हर मनले !
प्रकृतिभन्दा शक्तिशाली केही हुन्न भनेर अव बुझौँ
समय भन्दा बलवान कुनै धन बल बुद्धि हुदैन भनि !!

शुभा

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…