Logo जेठ ३, २०७८ सोमबार


कविता : साने परियार

–दीपेन्द्र दोङ तामाङ

हो, भूकम्प जातैले विनाशकारी हुन्छन्
निर्दयी त हुँदै हो
त्यसैले शोक,भोक र रोग दिएर जान्छन्
तर अचम्म यसपाली त भूकम्पले
कसै कसैलाई खुशी पनि दिएर गयो
मान्छे हुनुको वास्तविक अनुभूति दिलाएर गयो ।
मन मिलेका दौंतरीसँग सँगै खेल्दा पनि
अपराधीमा गनिने साने परियार
आज सबै दौतरीसँग
एउटै त्रिपालको ओतमा बस्न पाएको छ
अलिकति छुँदा पनि सुनपानी छर्कनेहरु
आज उसँगै बसेर चाउ चाउ र विस्कुट खाइरहेका छन् ।
त्यसैले सधैं विभेदको जाँतोमा पिल्सरहने
उसको मन आज फुरुङग छ ।

उसले पाउँछ-
को धनी को गरिब
को ठूलो ? को सानो ?
आज सबै समान छन्
सबैको मुहारमा उस्तै पीडा
उस्तै त्रास पोतिएका छन्
अनि अलिकति बाँकी रहेको
आशाको अनुपात पनि बराबर नै देख्छ ऊ ।

र, कहिलेकहीं गम्भीर भएर सोच्ने
उसको मनबाट उसले उत्तर पाउछ–
भूकम्पले धरहरा,घर र पर्खाल मात्र होइन
विभेद र आडम्वरका पर्खाल पनि भत्काइदिदा रहेछन्
भूकम्पले गाउँ र वस्तीलाई मात्र होइन
मान्छेका मनहरुलाई पनि समथर बनाइदिदा रहेछन् ।
अनि बाल मन हो फुरुङ्ग हुँदै
भत्काइदिएका घरलाई एकतमासले नियालिरहेका
बुवाको छेउमा गएर भूकम्पीय प्रश्न गर्छ ऊ–
वुवा अब अर्को भूकम्प कहिले आउँछ ?

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…