Logo ८ श्रावण २०७८, शुक्रबार


बिहान ८ देखि साँझ ८ बजेसम्म पसल खोल्न पाइने

तनहुँ । व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको छ । कारोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

नगरक्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसायबाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसायलगायतका व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएकाले यसको असर एवं प्रभाव र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय, दमौली अस्पताललगायत नगरक्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थालाई यसको रोकथाम, नियन्त्रण एवं उपचार सम्बन्धमा आवश्यक प्रचारप्रसार मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…