Logo जेठ ३, २०७८ सोमबार


आइपीएल: गएराति सम्पन्न खेलमा पञ्जाब विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गतको खेलमा पञ्जाब किंग्सले जित निकालेको छ । शुक्रबार राति चेन्नईमा सम्पन्न भएको खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै जित निकालेको हो ।

१ सय ३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर चार बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टाएको हो । पञ्जाबका लागि कप्तान केएल राहुलले ५२ बलमा नटआउट ६०, क्रिस गेलले ३५ बलमा नटआउट ४३ तथा मयंक अग्रवालले २० बलमा २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ५२ बलमा ६३ तथा सूर्यकुमार यादवले २७ बलमा ३३ रन बनाए पनि पर्याप्त भएन । खेलपछि पाँच खेलबाट समान चार अंकसहित मुम्बई चौथो तथा पञ्जाब पाँचौँ स्थानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…