Logo बैशाख २९, २०७८ बुधबार


‘अब सिंहदराबार र सुन्धरा धाउनु पर्दैन’ : मेयर शाक्य

काडमाडौं । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अब जनताले सिंहदरबार र सुन्धरा धाउनु नपर्ने बताउनुभएको छ ।

काठमाडौं महानगर वडा नम्बर ४ को भवन उद्धघाटन गर्दै शाक्यले , ‘निर्वाचनको समयमा जनातको घर दैलोमा सिंहदरबार भनेका थियौं । जन्मदेखि मृत्युसम्मको काम वडाबाट हुन्छ । अब कोहि पनि सिंहदरबार र महानगरको कार्यालय सुन्धरा धाउनु पर्दैन ।’ उहाँले भन्नुभयाे ।

नयाँ भवन बनेसँगै कामलाई चुस्त र प्रभावकारी बनाउन उहाँले वडाको नेतृत्वलाई निर्देशन दिनुभएकाे छ ।  उहाँले ‘नयाँ भवन बनेको छ । वडावासीको कामलाई चुस्त बनाउन र सेवा प्रवाहमा ढिलाई नगर्न आग्रह गर्दछु । वडावासीलाई खुसी राख्नुहोस्’, त्यसैगरी उहाँले , केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम अगाडि बढाउन आवश्यक  रहेकाेसमेत बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…