Logo जेठ २, २०७८ आइतबार


‘राष्ट्र निर्माणमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ’

ललितपुर । नेकपा एमालेका सांसद नवराज सिलवालले मुलुकलाई समृद्ध बनाउन सबै राजनीतिक दल एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनुभएको छ । ललितपुरको चापागाउँमा शनिबार आयोजित ‘खानीखोला सन्देश’ नामक पत्रिकाको बिमोचन गर्दै सांसद सिलवालले मुलुक विकासको काममा पनि दलबीच विभाजित हुने गरेको भन्दै मुलुक र जनताको समृद्धिको लागि राजनीतिक दल र तिनका नेताले एकजुट भएर लाग्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले विचार फरक भएपनि देश र जनताको लागि कसैले राजनीति गर्न नहुने भन्दै सबैले आ- आफ्नो ठाउँबाट उचित पहल कदमी गर्नु पर्नेमा जोड दिनुभयो । ‘कोरोना कहरका बीच पनि सरकारले विकास निर्माणको कामलाई तीब्रता दिइरहेको छ यो बेला दलहरुबीच द्वन्द र मनमुटाप नगरी मिलेर अघि बढ्नु पर्छ । ‘ उहाँको भनाइ छ ।

सोहि कार्यक्रममा उहाँले १५ औं लोकतन्त्र दिवससम्म आइपुग्दा लोकतन्त्र प्राप्तिको लागि नेपाली जनताले गरेको योगदानलाई कदर गर्दै सबै राजनीति दलहरुले आफुलाइ आत्मसमिक्षा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमासमेत जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामकृष्ण चित्रकारले लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको भन्दै लोकतन्त्रको नाममा अधिनायकवाद र निरकुंश शासक जन्मिने खतरा बढेको बताउनु भयो । उहाँले पत्रकारितालाइ थप व्यवस्थित र जनताको आवजलाई मुख्य प्राथमिकतालाई राखेर अगाडि बढ्नु पर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…