Logo असार १, २०७८ मंगलबार


घुस रकम लिएर विश्वविद्यालयको प्रश्नपत्र दुई घण्टा अगाडि नै आउट दश जना गर्ने पक्राउ

काठमाडौं । पूर्वाञ्चलन विश्वविद्यालयको प्रश्नपत्र दुई घण्टा अगाडि नै आउट गरेकाे अभियाेगमा दश जना पक्राउ परेका छन् । घुस रकम लिएर प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले दश जनालाई पक्राउ गरेको हाे ।

प्रश्नपत्र आउट गर्नमा संलग्न रहेको अभियोगमा एक कर्मचारीसहित ९ जना विद्यार्थीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीले बताएको छ ।

मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाट पक्राउ गरेको बताइएको छ।

यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतकाे इन्जिनियरिङ संकायको ३ वैशाखमा हुन लागेकाे स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि बाहिरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…