Logo जेठ २, २०७८ आइतबार


कोरोना कहरमा सरकार निरीह, अस्पतालमा ठाउँकै अभाव हुने प्रक्षेपण

काठमाडाैं । सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण थप भयावह बन्नसक्ने भएकोले सतर्क रहन अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार एक विज्ञप्ति प्रकाशित गरि कोरोना भाइरसको अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि जोखिमपूर्ण रहेको जनाएको हाे ।

संक्रमणको चक्रलाई बेलैमा रोक्न नसकिएमा र अहिलेकै गतिमा संक्रमित बढ्दै गएमा अस्पतालहरुमा बिरामी राख्ने ठाउँकै अभाव हुने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको कुनै प्रभावकारी उपचार नरहेकोले अहिलेका लागि स्वास्थ्य निर्देशनको पूर्ण पालना नै भरपर्दो विकल्प रहेको जनाउदै मन्त्रालयले सामाजिक उत्तरदायित्वबोध गरी धेरै मान्छे भेला हुने कुनै कार्यक्रम र समारोह नगर्न अपील गरेको छ ।

मन्त्रालयले कोरोना कहरका समयमा नेपाली सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेको छ । मास्कको प्रयोगमा जोड दिदै मन्त्रालयले मास्क नलगाउने व्यक्तिको समाचारलाई निरुत्साहित गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…