Logo जेठ ३, २०७८ सोमबार


पत्रकार तामाङ पक्राउविरुद्ध प्रेस युनियनद्वाराआपत्ति प्रकट

काठमाडौं । उज्यालो नेटवर्कमा कार्यरत पत्रकार अनिश तामाङ  र महाप्रवन्धक प्रभात लामालाई पक्राउ गरिएको विरुद्ध प्रेस युनियनद्वारा आपत्ति प्रकट गरेको छ । नेपाल प्रेस युनियन काठमाडौं शाखाले विज्ञप्ति निकालेर कार्यालयमा प्रहरीले हस्तक्षेप गरी पत्रकार पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘प्रेस युनियन काठमाडौं शाखा सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्र्सना गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

‘प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीकै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा गरेका छन् । उच्च अदालतले समेत समाचार लेखेका आधारमा सञ्चारकर्मीमाथि धरपकड नगर्न दिएको आदेशको अवज्ञा हुनु अत्यन्त निन्दनीय विषय हो अध्यक्ष दुलालले विज्ञप्तिमा भनेका छन,’ ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न हामी जोडदार माग गर्दछौं । तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गरियोस् ।’

प्रेसलाई तर्साउने नियतले हुने जुनुकै प्रकारको आक्रमण प्रेस युनियनका लागि सह्य हुनेछैन । तत्काल गिरफ्तार पत्रकार रिहाई गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारको ध्यानाकर्षण गराउँदछ अध्यक्ष जगन्नाथ दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…