Logo जेठ ३, २०७८ सोमबार


इराकको काेराेना अस्पतालमा आगलागी, ८२ जनाको मृत्यु

काठमाडौं। इराकको राजधानी बग्दादस्थित इबन अल खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा कम्तीमा ८२ जना बिरामीको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर विस्फोट भएपछि आगो लागेको थियो। अग्निनियन्त्रणको व्यवस्था नभएकाले अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा तत्कालै आगो सल्किएको थियो।

दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ। अस्पतालहरुमा औषधि र शय्याको पनि अभाव छ।उक्त दुर्घटना लगत्तै सामाजिक सञ्जालमा तीव्र आक्रोश व्यक्त भएको छ। प्रधानमन्त्रीले आगलागीको अनुसन्धान गर्न आदेश दिएका छन्। आगलागी हुँदा उक्त अस्पतालमा कोभिड १९ का ३० जना सख्त बिरामी राखिएको थियो।

मध्यरातमा आगलागी भएलगत्तै अग्निनियन्त्रकहरु अस्पताल पुगेका थिए। अस्पतालमा कार्यरत कर्मचारी र बिरामी एवं आफन्तहरु भागाभाग गरेका दृश्यहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए। अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो। कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको थियो।

अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। तर कम्तीमा ५० जनालाई आगोले पोलेको छ। इराकमा बुधबार कोभिड(१९ का बिरामीको संख्या १० लाख नाघेको छ। यो अरब मुलुकमै सबैभन्दा बढी हो।

इराकी स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी २०२० मा पहिलो संक्रमण देखिएयता हालसम्म १५ हजार २ सय १७ जनाको मृत्यु भएको जनाएको छ। करिब ४ करोड जनसंख्या रहेको इराकमा हाल दैनिक ४० हजारको स्वास्थ्य परीक्षण गरिरहेको पनि मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार इराकका कम्तीमा २ लाख ७५ हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…