Logo बैशाख ३१, २०७८ शुक्रबार


मृत्यु भएको जानकारी छैन, जन्मेको एकसय ६ वर्षपछि अन्त्येष्टि

भगीरथ भण्डारी
इलाम । माइजोगमाई गाउँपालिका–५, सोयाङका प्रजापति भट्टराई जिउँदो छन् या छैनन् भन्नेबारे परिवारलाई जानकारी छैन । तर जन्मेको सय वर्ष पुगेपर्छिे हिन्दू परम्पराअनुसार ९२ वर्षदेखि बेपत्ता पुरुषको अन्त्येष्टि गरिएको छ । सन् १९७२ सालमा जन्मेका भट्टराई बेपत्ता भएको ९२ वर्ष पछि अन्त्येष्टि गरिएको हो ।

भट्टराई वंशावलीको २२ औं पुस्ताका भट्टराई जन्मेको एकसय ६ वर्ष पूरा भएपछि दाहसंस्कार गरिएको उनकी भतिजेबुहारी तथा माइजोगमाई गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराईले बताइन् । प्रजापतिका भतिज सागरनाथले काजकिरिया गर्दैछन् ।

इलामको माइखोलामा प्रजापतिको सांकेतिक शव बनाएरअन्त्येष्टि गरिएको हो । जन्मेको सय वर्ष पुगेपछि कलियुगमा मान्छेको आयु सकिने र त्यतिबेलासम्म मानिस जिउँदो छ या छैन भन्ने टुंगो भएन भने काजकिरिया गर्दा हुन्छ भन्ने हिन्दू धर्मशास्त्रमा उल्लेख रहेअनुसार काजकिरिया गरिएको परिवारले जनाएका छन् ।

उखुको हाड, हाडबाहिर पलासका ३ सय ६० पातमा जौको पिठो लेपन गरी मानिसको आकार दिएर बेपत्ता व्यक्तिको शव बनाउने चलन रहेको पुरेत टिकाप्रसाद घिमिरेले बताए ।

‘धार्मिकशास्त्रअनुसार शव बनाउँदा शरीरमा कुशको नसा र नरिवलको टाउको बनाइन्छ,’ घिमिरेले भने, ‘यसरी बनाएको शवमा कात्रो ओढाएर हरियो बाँसमा बोकेर खोलासम्म पुर्याइ चितामा जलाएरै अन्त्येष्टि गरिन्छ ।’

अन्त्येष्टिपछि १३ दिनसम्म काजकिरिया हुने, बर्खान्त बार्नुपर्ने र श्राद्धसमेत गर्नुपर्ने चलन रहेको घिमिरेको भनाइ छ ।

प्रजापतिले पाँचथरको रानीटारबाट अधिकारी थरकी छोरी बिहे गरेपनि उनीहरूका सन्तान भए/नभएको परिवारलाई यकिन छैन । उनी १९८५/०८६ सालतिर ‘भारत जान्छु’ भनी हिँडेको तर गएदेखि अहिलेसम्म केही खबर छैन ।

प्रजापति विष्णुलाल र कौशिला भट्टराईका जेठा छोरा थिए । प्रजापतिका माइला भाइ भगीरथको सानै उमेर तथा कान्छा भाइ काशीनाथको २०५० सालमा निधन भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…