Logo ८ श्रावण २०७८, शुक्रबार


आईपीएल : सुपर ओभरमा दिल्लीको जित

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ ।आइतबार चेन्नईमा सम्पन्न भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै खेल आफ्नो बनायो ।

सुपर ओभरमा जानु अघि हैदरावादका केन विलियम्सनले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसैगरी जोनी बेयर्स्टोले ३८ रन बनाए । जगदीश सुचिथ १५ रनमा अविजित रहे । दिल्लीका अभेस खानले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ऋषव पन्तले ३७ रन जोड्दा स्टिभ स्मिथले अविजित ३४ रन बनाए । शिखर धवन २८ रनमा आउट भए ।

हैदरावादका सिदार्थ कउलले २ विकेट लिए । राशिद खानले १ विकेट लिए । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…