Logo बैशाख २८, २०७८ मंगलबार


देशले मागेपछि विधान श्रेष्ठले गाए ‘खुकुरी गीत’

काठमाडौँ । काठमाडौंका गायक विधान श्रेष्ठसँग प्रत्यक्ष भेट्नेहरु भन्छन्, उनी जतिको लजालु गायक अरु विरलै होलान् ।

नेपाली संगीत क्षेत्रमा उनको झण्डै तीन दशकको योगदान र लगानी छ । पचासको दशकमा नेपाली गीत संगीतको क्षेत्रलाई भर्खरै भित्रिएको पप संगीतले घेराबन्दी लगाइरहेको समयमा पनि विधान भने राष्ट्रियताका लागि सांगीतिक मोर्चामा होमिएका थिए । हुन त पप संगीतलाई पछ्याएर उनले कान्छीको अल्लारे जोवन, आज नाच्छे गौरी मेरी जस्ता सफ्ट गीतहरु नगाएका होइनन् । तर ती गीतहरुमा पनि उनले नेपालीपन र मौलिकतालाई छोडेनन् । त्यही समयमा उनले गाएको राष्ट्रिय भावना जगाउने बहुचर्चित गीत ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ र ज्ञानबहादुर छोरोले भने विधानलाई प्रगतिशील र राष्ट्रभक्त गायकको बेग्लै परिचय दिलायो । ‘एकता नै बल हो’ भन्ने अर्को गीत मार्फत विधानले राष्ट्रिय एकताको आह्वान गरेका थिए ।

विधानको खूबी के हो भने जब जब देशमा राष्ट्रियताको मुद्दा कसिलो भएर उठ्छ,त्यही भावनालाई उनी संगीतमा बुनिहाल्छन् । त्यसैले उनका सबै गीतहरु युगीन र सामायिक छन् । युगीन र सामायिक गीत नै सार्थक गीत हुन् ।

र, गायक विधान श्रेष्ठ फेरि एकपटक त्यस्तै सार्थक गीत लिएर श्रोता दर्शक माझ आएका छन् । यसपटक उनको गीतले खुकुरीको बिम्ब बोकेको छ । अर्थत खुकुरीलाई लिएर तयार पारिएको उनको नयाँ गीत भर्खरै रिलिज भएको छ ।

शनिबारदेखि म्यूजिक भिडियोमा समेत उपलब्ध विधानको नयाँ गीतको सार छ ‘हामी त्यसै निस्किदैनौँ, निस्किसकेपछि कित साँधै हालिन्छ, कि त मारै ढालिन्छ ।’
विगतमा जस्तै यो गीतमा पनि उनकै पिता विजय श्रेष्ठको शब्द तथा संगीत रहेको छ । खुकुरी गीत नयाँ भने होइन । विधानले आफू १२–१४ वर्षको हुँदा नै बुबा विजयले यो गीत गाउने गरेको सुनेका थिए ।

‘बाबाले देशप्रेम झल्कनेगरि बनाउनुभएको पुरानै गीतहरुमध्ये यो पनि एउटा थियो । विधान भन्छन्, ‘अहिले देशको अवस्थाले फेरि पनि राष्ट्रप्रेम झल्काउने गीत मागेको महशुस भएर यो गीतलाई नयाँ रेकर्ड गरेका ल्याएका हौं । ’

‘माया प्रेमका व्यवसायिक गीतहरु त गाइरहन्छन् र चलिरहन्छन् । तर देशको परिस्थिति अनुसार बेला बेलामा समय हेरेर देशभक्तिका गीत पनि गाउँदै आइरहेको छु ।’ विधानले थपे–यतिबेला मुलुकमा थुप्रै समस्याहरु जन्मिएका छन् । ती समस्याहरुमा मैले देशप्रेमको अभाव महशुस गरें । त्यसैले खुकुरी गीत नयाँ भर्सनमा तयार पारें । यो समय यस्ता गीतका लागि सान्दर्भिक छ ।

खुकुरी गीत तयार पार्न उनलाई करिब डेढ वर्ष लाग्यो । अडियो तयार भए पनि लगत्तै कोरोना संक्रमण फैलिएपछि भिडियो तयार पार्न सकिएन । अलि सहज भए पछि बराह क्षेत्रतिर गएर भिडियो तयार पारेको विधानले जानकारी गराए । गीतमा नेपाली सेनाका साहसिक दृश्यहरु समेटिएका छन् । ती दृश्यहरु भने नेपाली सेनाबाट प्राप्त भएको विधानले बताए । त्यसो त गीतको प्रारम्भिक धुनमै सेनाले प्रयोग गर्ने जाग,चम्क, लम्क लौ नौजवान हो को ‘सिग्नेचर ट्युन’लाई राखिएको छ ।

गीतका शब्द यस्तो छ : 

हामी त्यसै निस्किदै,निस्किसकेपछि
कि त साँधै हालिन्छ कि त मारै ढालिन्छ
शान्तिक्षेत्र रक्षा गर्ने खुकुरी पो हौं
नेपालको गौरव राख्ने नेपाली हौं ।

कुहिरोमा लुकामारी खेल्ने खुकुरी
रनवन डुल्न,घुम्न रम्ने खुकुरी
आगो पार्न चकमकमा बल्ने खुकुरी
विश्व इतिहास कोर्ने वीर गोर्खाली
डर भगुवा वीर खुकुरी ।
कि त साँधै हालिन्छ कि त मारै ढालिन्छ
शान्तिक्षेत्र रक्षा गर्ने खुकुरी पो हौं
नेपालको गौरव राख्ने नेपाली हौं ।

मालश्री,संगिनी,देउडा दोहोरी
रोधीघरमा रोधी गाउँने हाम्रो खुकुरी
धाननाच,तामाङ सेलो,च्याब्रुङ,झ्याउरे
बारुली कम्मर मर्काएर वीर वीरगांना
छमछमी नाच्छ खुकुरी
कि त साँधै हालिन्छ कि त मारै ढालिन्छ
शान्तिक्षेत्र रक्षा गर्ने खुकुरी पो हौं
नेपालको गौरव राख्ने नेपाली हौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …