Logo जेठ ३, २०७८ सोमबार


मास्क नलगाइ हिड्नेलाई सडकमै कारबाही, प्रदेश २ मा ३५५४ जनालाई जरिवाना

काठमाडौं । स्थानीय प्रशासनले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मास्क प्रयोगलाई अनिवार्य गरेको छ ।

काठमाडौंसहित कोरोना बढी प्रभावित जिल्लाहरुमा मास्क नलगाइ हिड्डुलमा रोक लगाइउको छ । अटेर गरी हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको उहाँले बताउनुभयो ।

उता प्रदेश २ का आठ जिल्लामा मास्क नलगाउने ३ हजार जना बढीलाई यो साता कारबाही गरिएको छ । एक सातामा ३ हजार ५ सय २४ जनालाई मास्क नलगाइ हिड्डुल गरेको अभियोगमा काराबाही गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले प्रदेशका पर्सा,बारा,महोतरी,रौतहट,सर्लाही,धनुषा,सिराह र सप्तरीबाट एक सातामा ३ हजार ५ सय २४ जनालाई काराबाही गरिएको हो । मास्क नलगाइ हिड्नेलाई नियन्त्रणमा लिइ ३ घण्टा सडकमै होल्ड गर्ने र जनही एक सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

यसरी गरिएको कारबाहीबाट एक सातामै ३ लाख ५२ हजार ४ सय रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी प्रवक्ता एसपी कृष्ण प्रसाइँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…