Logo जेठ ३, २०७८ सोमबार


इस्मा गाउँपालिकाद्धारा ४ लाखको मदिरा नष्ट

हुमाकान्त पोखरेल
गुल्मी । इस्मा गाउँपालिकाले प्रतिबन्धित नष्ट गरेको छ । बजार अनुगमनको क्रममा गत साउनदेखि फागुनसम्म बरामद गरिएका मदिरा नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिबन्धित  प्लाष्टिक जन्य मदिरा (मौसम रेड, कर्णाली गोल्ड, लिची, जुनकिरी, जलजला, किसान, शालिमार, स्पेशल सोफी) गरेर १ सय ५५ कार्टुन नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जानकारी दिनुभयाे । त्यसैगरी इजाजत बिना राखिएको ४ कार्टुन बियर, बर्फि सिसा, बर्फि डायमण्ड र सिसा ब्ल्याक गरेर ९ कार्टुन नष्ट गरिएको छ ।

घरेलु मदिरा २ सय ८० लिटर, मदिरा बनाउने कच्चा पदार्थ ४ सय ५० किलो नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयाे । सबै मदिराको खरिद मुल्य करिब ४ लाख रहेको छ । मदिराको कारण गाउँमा घरेलु हिंसाका साथै हत्या, आत्महत्या, बलात्कार लगायत अपराधका घटनामा बृद्धि भएपछि गाउँपालिकाले ०७५ सालबाट कार्यबिधी निर्माण गरेर मदिरा नियन्त्रण अभियान थालेको थियो ।

गाउँपालिकामा इजाजत बिना मदिरा बिक्री बितरणमा रोक लगाइएको छ । घरेलु तथा प्लाष्टिकजन्य सबै मदिरालाई उत्पादन, सेवन र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका उपप्रमुख बिमला खत्रीले जानकारी दिनुभयाे । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मदिरा सेवन र बिक्री वितरण गर्न पाइदैन् । कार्यबिधी उलंघन गरे उत्पादन तथा बिक्री वितरण गरे ५ हजार र सेवन गरे पहिलो पटक १ हजार जरिवाना गरिने उपप्रमुख खत्रीले बताउनुभयाे ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, प्रहरी, राजनैतिक दल, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय व्यापारी र पत्रकारको रोहबरमा मदिरा नष्ट गरेको छ । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले आफुहरुको अभियानले मदिरा कारण हुने पारिवारीक बिचलन, अपराध, सामुदायीक न्यूनिकरण गर्न केहि हदसम्म आफुहरु सफल भएको बताउनुभयाे । उहाँले उपप्रमुखले मदिरा नियन्त्रणको नेतृत्व गरे पनि सबैको सल्लाह र सुझावमा अभियान अगाडी बढाएकोले व्यक्ति विशेषलाई टारगेट गराउन नहुनेमा जोड दिनुभयाे।

नेपाली कांग्रेस इस्मा गाउँपालिका सभापति चन्द्र बहादुर महतले जनप्रतिनिधी स्वयंमनै गैरजिम्मेवार र स्थानीय सरकार पक्षकै दलका नेताहरुको असहयोगका कारण गाउँपालिकाले मदिरा नियन्त्रणमा सोचे अनुसारको काम गर्न नसकेको बताउनुभयाे । उहाँले अहिलेसम्म मदिरा नियन्त्रणमा गरिएका सवै प्रयत्न समुदाय र नागरिकका लागि सकारात्म भएकाले आफुहरुको पूर्ण साथ रहेको प्रतिक्रिया दिनुभयाे ।

त्यस्तै नेकपाका नेता नारायण पैयानीले जिल्लाका सबै स्थानीय तह र प्रशासन कार्यालयको मदिरा नियन्त्रणमा एकमत नभएका कारण इस्मामा चुनौति रहेको बताउनुभयाे। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले मदिरा र अनुगमनको विषयमा जिल्लाका अरु स्थानीय तहले इस्माबाट सिक्नुपर्ने बताउनुभयाे ।

कुनै न कुनै दलबाट निर्वाचित जनप्रतिनिधीलाई अनुगमन र मदिरा नियन्त्रण गर्न चुनौती हुँदाहुँदै पनि उपप्रमुखनै अग्रभागमा खटिनु महत्वपूर्ण र सिकाईको विषय भएको घिमिरे भनाइ छ । उहाँले सबै स्थानीय तहसँग अनुगमन र उपभोक्ता सचेतनाको लागि आफुहरु सहजीकरण गर्न तत्पर भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…