Logo बैशाख २९, २०७८ बुधबार


मालपोत कार्यालयबाट बार अनुसार सेवा दिइने

काभ्रेपलाञ्चाेक । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको हाे ।

मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टङ्प्रसाद चौलागाईँले कार्यालयबाट एकै पटक सेवा प्रवाह गर्दा कोभिड –१९ सङ्क्रमणको बढी जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न लागिएको बताउनुभयो ।

मालपोत अधिकृत चौलागाईँका अनुसार बनेपा र नमोबुद्ध नगरबासीले आइतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरबासीले सोमबार र बिहीबार तथा धुलिखेल र पाँचखाल नगरबासीले मङ्गलबार र शुक्रबार सेवा लिन पाउने व्यवस्था गरिएको छ । गाउँपालिकाका सेवाग्राहीले भने हरेक दिन सेवा लिन पाउने व्यवस्था गरिएको चौलागाईँले बताउनुभयो ।

यसअघि पनि कार्यालयले कोरोना सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै बारअनुसार सेवा प्रवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…