Logo बैशाख ३१, २०७८ शुक्रबार


नयाँ बानेश्वर र शंखपार्कमा वाटर एटिएम, पाँच रुपैयाँमा एक लिटर पानी

काठमाडौं । बानेश्वर र शंखपार्कमा आजदेखि वाटर एटीएम सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि बानेश्वरस्थित छक्कुपक्कु पार्क र शंखपार्कमा वाटर एटीएम सञ्चालनमा ल्याएको हो।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले आज संयुक्त रूपमा एटीएम शुभारम्भ गर्नुभएको छ । शुभारम्भ कार्यक्रममा बाटो हिँड्ने मानिसका लागि पिउने पानी उपलब्ध गराउन एटीएम स्थापना गरिएको मेयर शाक्यले बताउनुभयो ।

यसअघि रत्नपार्क, स्वयम्भू र बालाजुमा पनि वाटर एटीएम स्टेशनहरु सञ्चालनमा आइसकेका छन् ।

वाटर एटीएममा  २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ। हरेक २०० मिलिलिटरको पानीको मुल्य १ रुपैयाँ पर्छ। त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…