Logo बैशाख ३१, २०७८ शुक्रबार


होटल व्यवसाय टिकाउन बजेटमार्फत आवश्यक सम्बोधन गर्न माग

काठमाडौं । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गर्नुभएको छ । अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गर्नुभएकाे हाे ।

सोमबार पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताउनुभयो । अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेट मार्फत विशेष सम्बोधन गरिनुपर्ने बताउनुभयो ।

फेरि पनि लकडाउन भएमा व्यवसायीहरु आर्थिक रुपमा थेग्न नसक्ने अवस्थामा पुग्ने बताउनुभयो । त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरुको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरी सघाउनुपर्ने बताउनुभयो । उहाँले बजेट मार्फत रोजगार संरक्षण कोष घोषणा गर्नपनि माग गर्नुभयो ।

सरकारले जारी गरेको मापदण्ड अनुसार विहान ८ बजेदेखि साँझ ८ बजे सम्म होटल सञ्चालन गर्न पाइने र २५ जना भन्दा बढी भेला हुन नपाउने भएपछि होटल क्षेत्र थप प्रभावित भएको छ । होटल व्यवसायीले सरकारले लागू गरेको मापदण्ड अनुसार काम गरिरहेको तर सरकार आफैले मापदण्ड विपरित काम गरेको देख्दा व्यवसायीहरुमा अन्योलता बढेको पनि बताउनुभयो ।

अब आउने बजेट यस अघिको भन्दा पृथक हुनुपर्ने पनि उहाँले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको पुनरउत्थान कोषलाई रकम बढाएर निरन्तरता दिनुपर्ने माग पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…