Logo बैशाख २९, २०७८ बुधबार


भेरी अस्पतालमा काेराेना नियन्त्रण बाहिर : चिकित्सक अभाव, अवस्था भयावह

काठमाडाैं । पश्चिम क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन् । गतवर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको छ ।

दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् । उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधुप गरिरहेको भेटिन्छन् । आफूसँगै संक्रमित श्रीमतिको उपचारका लागि उनको दौडधुप बढेको हो । अस्पताल बसाई उनका लागि निकै कष्टकर बनेको छ । केही दिन अघिमात्रै उनले कोरोना संक्रमणकै कारण छोरी गुमाएका छन् । दाङ्मा स्टाफ नर्सको रुपमा कार्यरत रहँदा उनकी छोरी संक्रमित भएकी थिइन् । उपचारकै क्रममा उनको मृत्यु भयो । यस्तो पिडाकाबीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उहाँको गुनासो छ ।

यो त प्रतिनिधि घटना मात्रै हो । भेरी अस्पतालमा यसैगरी कोरोना संक्रमित भई छट्पटाइ रहेकाहरु प्रशस्त भेट्न सकिन्छ । भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । कोभिडको लागि छुट्याइएको १ सय ४२ बेड भरिएपनि संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी छ । कोभिडका विरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरुले बताएका छन् । आइसोलेशनको अभावका कारण संक्रमितहरु उपचार पाउनबाट बञ्चित छन् । अस्पतालमा जटिल अवस्थाका विरामीहरु थपिने क्रम बढ्दो छ । भर्ना भएका बिरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर संकेत रिसालले बताउनुभयो ।

जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइसकेको छ । दैनिक एक सयभन्दा बढी कोरोनाका बिरामीहरु थपिदै गएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…