Logo बैशाख ३१, २०७८ शुक्रबार


सरकारी निर्णय अवज्ञा गर्ने विद्यालय सञ्चालक र प्रिन्सिपल पक्राउ

विद्यानन्द राम
सप्तरी। कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका एक दर्जन निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुलाई पक्राउ गरिएको छ । निर्णय कार्यान्वयन गराउन थालिएको अनुगमनको क्रममा सरकारी निर्णय अवज्ञा गरेर विद्यालय सञ्चालन गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

कोरोना महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न शैक्षिक संस्था बन्द गर्न भनिए पनि राजविराजका ११ वटा विद्यालय सञ्चालन भइरहेको उनीहरुलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार लक्ष्मी इंग्लिस बोर्डिङ्ग स्कुलका सञ्चालक ३८ वर्षीय रााजेश कुमार यादव, बैद्यनाथ कुमार झा र बुलन्द साह, ह्यापी ल्याण्ड माविका सञ्चालक शैलेन्द्र कुमार ठाकुर, जानकी सेकेण्डरी स्कुलका शिक्षक हरि किसुन रायलाई पक्राउ गरिएको छ ।

यसैगरी, लिटिल एन्जल बोडिङ्ग स्कुलका सञ्चालक नरेन्द्र प्रसाद देव, पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह, सृजना सेकेण्ड्री बोडिङ्ग शिक्षक रिमा झा, लिटिल फ्लावर सेकेण्ड्री स्कुलका डा.कामन्त देव, ग्रिन इंग्लिस बोडिङ्ग स्कुलका शिक्षक मनोज यादव र शिव इन्टरनेशनल बोडिङ्ग स्कुलका सञ्चालक नरेश साहलाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरुलाई संक्रमक रोग ऐन, २०२० अनुसार पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेको विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्रमा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नगराएर भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई मात्र सञ्चालन गर्न निर्णय गरेको छ भने हिजो (आइतवार) मात्रै सरकारले आजबाट सबै प्रकारका परीक्षा स्थगित गर्न निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…