Logo बैशाख ३१, २०७८ शुक्रबार


कर्णाली प्रदेशसभाका चार सांसद पदमुक्त

काठमाडौं । एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चार जना सांसदहरू पदमुक्त भएका छन् । ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका कर्णाली प्रदेशसभाका चार जना सांसद पदमुक्त भएका हुन् ।

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्तर्गत सोमबार आयोजित दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै सांसद पदमुक्त भएको सुचना सुनाउनुभएको हो ।

सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री शाहीलाई पार्टीको ह्वीप विपरीत मत दिएपछि उनीहरुलाई एमालेले सांसदबाट निष्काशन गरेको थियो । चार सांसदमध्ये ज्वालाबाहेक अन्य तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री समेत बनाइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…