Logo ८ श्रावण २०७८, शुक्रबार


‘प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निर्णय नमानेको भन्दै विरोध गर्नुभएको छ । सामाजिक सञ्जालमा सोमबार नेता रावलले प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्थामा भेला र बैठक गर्दै हिँडेको भन्दै विरोध जनाउनुभएको हो ।

उहाँले कोरोना भाइरस संक्रमणबाट जोगिन अरुलाई विभिन्न मापदण्ड तयार गरी लागू गर्ने तर प्रधानमन्त्रीले भने आफैँ भेला, बैठक र समारोह गरिरहेको भन्दै आपत्ति व्यक्त गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओली गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने गोप्य अध्यादेश जारी भइसक्यो कि भन्दै प्रश्न समेत गर्नुभएको छ ।

नेता रावल लेख्नुहुन्छ, ‘कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो ? प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ? कानूनका सामु सबै बराबर होइन र ?’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…