Logo ८ श्रावण २०७८, शुक्रबार


काठमाडौंमा वैशाख १६ गते बिहान ६ बजेबाट एक साता निषेधाज्ञा (आदेशको पूर्ण विवरणसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा आगामी विहीवारदेखि ‘निषेधाज्ञा’ लागू हुने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरेको हो । प्रशासनले निषेधाज्ञा अवधीभर सार्वजनिक एवं नीजि सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ ।

यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने समेत आदेशमा उल्लेख छ ।

विहे, ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासनबाट अनुमति लिएर मात्र गर्ने निर्णय समेत छ ।

अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने निर्णय समेत भएको छ ।

आदेशको पूर्ण विवरण :

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…