Logo बैशाख ३१, २०७८ शुक्रबार


आईपीएल: पन्जाबलाई ५ विकेटले हराउँदै कोलकत्ताकाे दोस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ । अहमदाबादमा गएराति सम्पन्न खेलमा पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित रहदै ४७ रन जोडे । यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए ।

पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए । लोकेश राहुल र निकोलस पुरणले समान १९/१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए ।

कोलकत्ताका प्रसिद्ध कृष्णले ३ विकेट लिए । सुनिल नारिन र पाट कुमिन्सले २र२ विकेट लिए । जितसँगै कोलकत्ताले पाँचौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…