Logo असार १, २०७८ मंगलबार


नास्ता खाएर सुतेका पत्रकार मृत अवस्थामा भेटिए

सप्तरी । यहाँका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता सोमबार बिहान नुहाएर नास्ता खाएर सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएको थियो ।

उहाँ हाल ‘द पब्लिक मेमो’ र ‘सण्डे टाइम्स’ हिन्दी साप्ताहिकमा संवाददाता तथा ‘पूर्व प्रभात’ दैनिकमा व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि मेहताले विभिन्न पत्रिकामा काम गरेको परिवारका सदस्यहरुले बताएका छन् । उहाँको दाहससंस्कार गाउँमै सोमबार राति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…