Logo बैशाख ३१, २०७८ शुक्रबार


रेप्सा रुपन्देहीको अध्यक्षमा कमल प्रसाद पौडेल

लक्ष्मी पौडेल
रुपन्देही । राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन रेप्सा रुपन्देहीको १६ औ साधारण सभा तथा ९ औं अधिवेशन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुद्दोधन-४ स्थित रिद्दी सिद्दी पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन ,स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरिले कार्यक्रमको गर्नुभएको थियो । कार्यक्रममा गिरिले रास्टको शैक्षिक विकासमा निजी विद्यालयको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले संस्थागत विद्यालयमा रोजगारमुलक शिक्षा अपनाउनु पर्नेमा जोड दिनुभयो । पढिसकेपछी रोजगारको लागि गुहार माग्न नपरोसु उहाँको भनाइ थियो ।

प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले राज्यले शिक्षामा विभेदकारी नीति लिएको आरोप लगाउनु भयो । सामुदायिक र संस्थागत विद्यालयमा गरिएको विभेदबाट संस्थागत विद्यालयका विद्यार्थीहरुले राज्यप्रति गरिने सम्मानमा असर पुग्ने बताउनु भयो ।

समाजले उच्च नैतिकता ,राष्टप्रेमी व्यक्ति खोजेको हुनाले समाजको आवश्यकता अनुसार शिक्षा प्रणालीमा परिवर्तन हुनुपर्ने प्याब्सन अध्यक्ष पौडेलको भनाइ थियो । नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष एवं केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीले नया ढङ्गले बालबालिकालाई शिक्षा दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यावसायिक संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापगाई ,फर्साटिकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्ती ,ज्ञान् पुन्ज विद्या मन्दिर मानपकडिका प्रीन्सिपल भुमिराज जिसि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा रेप्सा अन्तरगतका विद्यालयका उत्कृष्ट शिक्षक , लेखापाल ,कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । सम्पन्न रेप्सा रुपन्देहीको ९ औ अधिवेशनले कमल प्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा ऋषिराम वस्याल , उपाध्यक्षमा रामकृष्ण खनाल ,सचिव कृष्ण गौतम ,कोषाध्यक्ष विशाल चौधरी ,सदस्यहरुमा यमनाथ सुवेदी ,ध्रुब बस्याल र विष्णु प्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ।

त्यसैगरी लेखासमिती संयोजकमा लोक शर्मा बस्याल सर्वसम्मत चयन हुनु भएको छ। रेप्सा रुपन्देहीका निवर्तमान अध्यक्ष कुलराज शर्माको अध्यक्षता,  ऋषिराम बस्यालको स्वागत मन्तव्य , कपिलमणी ढकालको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सन्चालन रामकृष्ण खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…