Logo बैशाख ३१, २०७८ शुक्रबार


कञ्चनपुरमा आंशिक लकडाउन, यातायातमा जोरबिवोर लागू

कञ्चनपुर । जिल्लामा वैशाख १५ गतेदेखि लागू हुने गरी आंशिक लकडाउन हुने भएको छ । सबै स्थानीय निकायमा रहेका बजारहरू निश्चित समयमा मात्रै खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका ९ वटै स्थानीय तहमा रहेका सानाठूला सबै बजारहरू बिहान ८ देखि दिउँसो ३ बजेसम्म मात्रै तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी खोल्न पाउने आदेश जारी गरेको छ । यही वैशाख १५ गते बुधबारदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी दिउँसो ३ देखि अर्को दिन बिहान ८ बजेसम्म र शनिबार चौबीसै घण्टा बजार बन्द गर्नुपर्ने छ ।

त्यस्तै, बुधबारदेखि नै छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधनमा जोर९बिजोर प्रणाली लागू गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सवारी साधनलाई जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र सञ्चालन गर्न आदेश दिइएको छ ।

विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण कञ्चनपुरमा समेत उच्च दरमा फैलिएकोले सोको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी भएको आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिभिन्न निर्णयहरु गरेको प्रमुख जिल्ला अधिकारी महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…