Logo बैशाख ३१, २०७८ शुक्रबार


लकडाउनअघि सरकारी अड्डामा बढ्यो कोरोना फैलाउने भीड

काठमाडौं । चोक चोकमा घर फर्किनेहरुको जस्तो लर्को छ, बजारमा किनमेल गर्नेहरुको जस्तो भीड छ, सरकारी कार्यालयहरुमा पनि उस्तै चाप बढेको छ । बिहीबारबाट काठमाडौं उपत्यकामा लकडाउन हुने भएपछि आफ्नो काम सक्न सरकारी कार्यालयहरुमा पुग्ने सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ । सामान्य बेलामा समेत सेवाग्राहीको चाप हुने मालपोत र यातायात कार्यालयहरुमा सोमबार र मंगलबार खुट्टा हालि नसक्नुको भीड थियो ।

मातलोत कार्यालय कंलकीमा मात्रै सोमबार १२ सयभन्दा धेरै सेवाग्राहीले सेवा लिएर गएका छन् । सेवा नपाइ फकिर्नेको संख्या त्यो भन्दा ठूलो थियो । खुट्टा हालि नसक्नुको भीड रहेको मालपोत कार्यालय कलंकीमा सोमबार एकै दिन साढे ४ करोड राजस्व उठेको छ । ताकी सामान्य अवस्थामा डेढदेखि २ करोड रुपैयाँसम्म उठ्ने गरेको थियो ।

सेवाग्राही अरु बेला भन्दा पछिल्लो दुई दिन थेगी नसक्नुको भीड भएको बताउँछन् । सेवाग्राही भन्छन्– सेवा लिन त परको कुरा गेट भित्र छिर्नसमेत नसकिने अस्था थियो ।

मालपोत कार्यालय कलंकीले भीड थेग्न नसकेपछि क्षेत्रगत रुपमा बारअनुसार छुट्टा छुट्टै नगरपालिकाको काम गर्ने निर्णय लिएको छ । लकडाउनको निर्णय भएसँगै भीड अत्याधिक रुपमा बढेको र उक्त भीढ नियन्त्रण गर्न बारअनुसार क्षेत्रहरुको काम गर्न समय छुट्याएको मालपोत कार्यालय प्रमुख टेकराज अर्यालले जानकारी दिनुभयो ।

मालपोतमा मात्रै होइन यातायात कार्यालयमा पनि सेवाग्राहीको थेगी नसक्ने गरी भीड लागेको छ । लकडाउनको निर्णय भएपछि सेवाग्राहीको चाप झनै बढेको कार्यालयका निमित्त प्रमुख राजुभाइ कुस्माले जानकारी दिनुभयो । उहाँका अनुसार भीड बढेसँगै जोखिम अत्यन्त धेरै बढेर गएको छ । भीड कै कारण कार्यालयले बुधबारबाटै लाइसेन्सका लागि लिखित र ट्रायल लिन बन्द गरेको छ ।

भीड बढेकै कारण सेवाग्राहीले समयमा काम समेत नपाउने अवस्था बनेको छ । रसुवाबाट आएका एक युवाले अत्याधिक भीडकै कारण दुइ दिन धाउँदा समेत लाइसेन्स नविकरण गर्न सकेका छैनन् । उनी भन्छन्– लाइसेन्स नविकरण गरेर घर फर्किउ भनेको दुइ दिन धाउँदा समेत काम नै भएको छैन् ।

मालपोत र यातायातमा मात्रै हैन कर कार्यालय र अन्य सरकारी अड्डामा पनि उस्तै भीड बढेको छ । लकडाउन अघि लागेको भीडले कोरोना झनै फैलाउँने जोखिम उच्च बनाएको छ । कहिँ कतै कुनै कार्यालयमा सामाजिक दुरी र अन्य स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…