Logo बैशाख ३१, २०७८ शुक्रबार


मन्त्री रायमाझीसहित एमालेका तीन नेतामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । एक मन्त्रीसहित नेकपा एमालेका तीन नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईमा संक्रमण पुष्टि भएको हो।

उहाँहरूमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका अरू नेताहरू पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा पर्नुभएकाे छ ।

रायमाझी स्थायी कमिटी सदस्यका साथै ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री हुनुहुन्छ भने रिजाल केन्द्रीय सदस्य हुनुहुन्छ। भट्टराई केन्द्रीय सदस्यका साथै राष्ट्रियसभामा एमालेका सचेतक हुनुहुन्छ।

प्रधानमन्त्री ओली सहभागी दशौँ महाधिवेशन आयोजक कमिटीको १० गतेको बैठकमा पनि तीनैजना नेता सहभागी हुनुहुन्थ्याे। रायमाझी प्रधानमन्त्री ओलीसहित एमालेका शीर्ष नेताहरूको पछिल्लो लहरमा बस्नुभएकाे थियाे ।

उहाँलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो। उहाँको सैनिक अस्पतालमा उपचारका लागि लगिएको छ। रायमाझी महाधिवेशन आयोजक कमिटीपछि बसेको मन्त्रिपरिषद्को बैठकमा पनि उपस्थित हुनुहुन्थ्याे। रिजाल र भट्टराई घरमै आइसोलेसनमा बस्नुभएकाे बताइएकाे छ। दुवैजनाले आफू संक्रमित भएको मंगलबार सार्वजनिक गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…