Logo बैशाख ३१, २०७८ शुक्रबार


गण्डकीका तीन सांसदमा काेराेना संक्रमण पुष्टि

काठमाडौं। गण्डकी प्रदेशका तीनजना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुईजना र नेपाली कांग्रेसका एकजना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको बेला संक्रमणको खबर सार्वजनिक भएको हुँदा सत्तारुढ दल एमालेले बैठक अवरुद्ध गरेको थियो। पीसीआर परीक्षणबिना नै प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरूले बैठक अवरुद्ध गरेका थिए।

त्यस्तै, प्रदेशसभाको बैठक आज बुधबार दिउँसो १ बजे बस्दै छ भने अविश्वास प्रस्तावमा बिहीबारको लागि मतदानको तयारी गरिँदैछ। संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने गरी तयारी हुँदै गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

गण्डकी प्रदेशमा ३ सांसदलाई बाहेक एक मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…