Logo बैशाख ३१, २०७८ शुक्रबार


नयाँ बसपार्कमा घर जाने याात्रुकाे भिडभाड

काठमाडौं । गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार)पनि देखिएको छ । भोलि (बिहीवार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरु नयाँ बसपार्क पुग्दा भीड बढेको हो । भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् ।

बुधवार पनि गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समयसम्म रहने आशंकासहित मानिसहरु घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको हो । भीड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । लामो दूरीका सवारी साधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो । टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन् ।

टिकट खरिद गर्नका लागि भीडमा बस्नुपर्दा कोभिड सर्ने हो की भन्ने डर यात्रुहरुमा छ । कतिपय यात्रुहरु मास्कको प्रयोग ठिक ढङ्गले गरिरहेका देखिदैनन् । त्यस्तै स्वास्थ्य मापदण्डका कुनैपनि विधिहरु अवलम्बन गरिएको पनि देखिदैन् । भीड हेर्दा यस्तो लाग्छ की कतै यहीँबाट मानिसहरु संक्रमणमा परेर गाउँगाउँमा पुग्दैछन् । कतिपय यात्रुहरुले निषेधाज्ञा जारी हुनु भन्दा अगाडि दुई दिन मात्रै समय दिँदा भिडभाड बढेको बताएका छन् । कोभिड संक्रमण हुन सक्ने जोखिम हुँदाहुँदै पनि आफूहरु टिकट लिन भीडमा जानुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

नयाँ बसपार्कबाट देशभरका सबै जिल्लाका लागि सार्वजनिक यातायात छुटने गर्छन् । यहाँबाट दैनिक ८ सय देखि एक हजारको संख्यामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । अन्य समयमा यात्रु नपाएर खाली हिँडन बाध्य सार्वजनिक यातायातहरु मंगलबार र बुुधबार भने भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…