Logo बैशाख ३१, २०७८ शुक्रबार


बागमती प्रदेशका एक राज्यमन्त्रीसहित तीन मन्त्रीले लिए सपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त एक राज्यमन्त्रीसहित तीन मन्त्रीले सपथ लिएका छन् । नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपाल, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीले सपथ ग्रहण गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई केही बेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्षले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहनुभएका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।

नवनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । यसैगरी राज्यमन्त्री डा रामकुमार अधिकारीले पनि आजै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…