Logo बैशाख ३१, २०७८ शुक्रबार


भोलिदेखि रूपन्देहीमा पनि दुई साता निषेधाज्ञा

रूपन्देही। रूपन्देहीमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्लाभर लागू हुने गरी भोलिदेखि दुई साता निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बिहीबार बिहान ६ बजेदेखि लागू हुनेगरी जिल्लाभर निषोधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत जनक थापाका अनुसार ३० वैशाखको बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सवारीसाधनलाई मात्र सञ्चालन गर्न अनुमति दिइनेछ भने शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधन मात्र चल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…